हिमालयन बैंकको प्रतिकित्ता ३ सयमा संस्थापक सेयर किन्यो संचय कोषले, ज्योति समुहको घर झगडाले कोषलाई फाइदा

काठमाडौं । नेपालीमा उखान छ भाइ फुटे भवाँर लुटे भन्ने । त्यस्तै भयो अहिले ज्योति समुहमा पनि । दुई भाइ पद्म ज्योती र डा. रुप ज्योतिविचको पारीवारीक झगडाले कर्मचारी संचय कोषलाइ फाइदा पुगेको छ ।
ज्योति समुहको हिमालयन बैंकका मेजर सेयर लगानी थियो । अहिले ज्योति परिवार तनावमा छ । कसको सम्पती कसले हत्यउने भन्ने दाजुभाइविचको लडाँईले चेपुवामा बैंक परेको हो । ज्योती परिवारको हिमालयन बैंकमा रहेको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा कर्मचारी संचय कोषले किनेको छ ।

स्याकार कम्पनीको नाममा रहेको हिमालयन बैंकको यती ठुलो परिणमको सेयर कर्मचारी संचय कोषले किनेको हो । ज्योति परिवारमा दाजुभाईको अंसवण्डाको लागी हिमालयन बैंकको २४ करोड सेयर विक्री गरेका हुन ।
ज्योति समूहले हिमालयन बैंकको संस्थापक सेयर आइतबार विक्री गरेको हो । सो सेयर प्रति कित्ता ३ सय रुपैयाँमा किनबेच भएको हो ।