सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको तिलोत्तमा « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको तिलोत्तमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ रुपन्देहीको तिलोत्तमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त सेवा बुधवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङ्गले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रीमती संगिता गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । हालसम्म सन््राइज बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्