माछापुच्छ्रे बैंकबाट डिजिटल दक्षिणा दिँदा १ सय क्यासव्याक, कम्तीमा २ सयभन्दा बढी दक्षिणा दिनुपर्ने

काठमाडौं । माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।
कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैँयासम्म क्यासव्याक दिने भएको हो ।
विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नुुहुुनेछ । क्यासव्याक प्राप्त गर्न ग्रांहक महानुुभावहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ ।
स्मार्ट बैंक माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०÷२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।