डा. श्रेष्ठ अर्थ मन्त्रालयको सल्लाहकार बनेपछि राष्ट्र बैंकका हाकिमहरूको सरुवा दशैंपछि « Arthapath.com
७ कार्तिक २०७७, शुक्रबार

डा. श्रेष्ठ अर्थ मन्त्रालयको सल्लाहकार बनेपछि राष्ट्र बैंकका हाकिमहरूको सरुवा दशैंपछि



काठमाडौं । नेपाल राष्ट्र बैंकमा दशैंपछि अधिकृत विशिष्ट श्रेणीका कर्मचारीको सरुवा हुने भएको छ । लघुवित्त संस्था सुपरीवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएपछि यता बैंकको विभागीय प्रमुखको पद खाली भएको हो । रिक्त विभागीय प्रमुखमा निर्देशकहरूमध्ये वरिष्ठताको आधारमा दयाराम शर्मा पंगेनीले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउन लागेका छन् ।

स्रोतका अनुसार हाल मुद्रा व्यवस्थापन विभागमा रहेका पंगेनीलाई सम्भवतः सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा कायम मुकायको जिम्मेवारी दिइने छ । त्यहाँ रहेका कार्यकारी निर्देशक सुमन अधिकारीलाई लघुवित्त संस्था सुपरीवेक्षण विभागमा सरुवा गर्ने सम्भावना प्रवल रहेको बताइन्छ ।

पंगेनी २०५३ सालमा बैंकको सहायकमा प्रवेश गरी २०५९ सालमा अधिकृत तृतीय बनेकाले सम्पत्ति तथा सेवा व्यवस्थापन बाहेक अन्य विभागको जिम्मेवारी निर्वाह गर्न नसक्ने निचोड जनशक्ति व्यवस्थापन विभागले हालै निकालेको हो ।

राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम तिम्सिनाको माग अझै पूरा नहुने भएको छ । उनले आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था नियमन र विदेशी विनिमय व्यवस्थापनमध्ये एउटामा आफूलाई सरुवा गर्न धेरै पटक अनुनय गरेपनि बैंक व्यवस्थापनले खासै चासो नदिएको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्