प्रभु बैंकले चर्चित दोहोरी गायक प्रकाश सपुतसंग मिलेर १ महिने दोहोरी गर्ने « Arthapath.com
८ कार्तिक २०७७, शनिबार

प्रभु बैंकले चर्चित दोहोरी गायक प्रकाश सपुतसंग मिलेर १ महिने दोहोरी गर्ने



काठमाडौं । प्रभु बैंकले कोरोनाको महामारीबाट अक्रान्त बनेका नेपालीहरुको लागी सांगितिक मनोरंजन दिने भएको छ । प्रभु बैंकको गायक प्रकाश सपुतसंगको सहकार्यमा १ महिने दोहोरीसहितको सांगितिक कार्यक्रम गर्न लागेको हो ।

बैंककले बिहीबार गायक सपुतसंग संम्झौत गरी आज शनिबारदेखी एपि वान टिभी मार्फत लाइभ दोहोरी कार्यक्रम गर्न लागेको हो । कोरोनाले धेरै नेपालीहरु हतोत्साही भएका छन । यस्तो कोरोनाले आक्रान्त बनेको अवस्थामा मुड रिफ्रेसको लागी अभियान सुरु गरीएको प्रभु बैंकका सीईओ अशोक शेरचनले बताए ।

आजदेखि हरेका शनिबार ८ः३० बजे एपि वान टेलिभिजनबाट प्रकाश सपुतको साथमा कोरोना लाइम दोहोरी तथा सांगितिक कार्यक्रम हुन लागेको हो । यो अभियान १ महिना दशैं तिहारसम्म जारी रहने छ ।


प्रतिक्रिया दिनुहोस्