न धितो, न पुर्जा, फोनबाटै पाइन्छ कर्जा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

न धितो, न पुर्जा, फोनबाटै पाइन्छ कर्जा



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि कुमारी ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी ‘फोनलोन’ नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकत्तम ३० दिनसम्मका लागि अधिकत्तम १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट कुमारी फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न कुमारी फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लैजाने बैंकले लक्ष्य लिएको छ ।

देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग सेवा तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्