गत बर्ष २५ प्रतिशत लाभांश दिएको एभरेष्ट बैंकको यस बर्ष कति छ ? « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

गत बर्ष २५ प्रतिशत लाभांश दिएको एभरेष्ट बैंकको यस बर्ष कति छ ?



काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंकको बुधबार बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय बैंकले जनाएको छ । राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउने छन् । एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्