कोरोनाले छोएन प्राइम बैंकलाई, पहिलो क्वाटरमै कमायो १ अर्व १ करोड « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

कोरोनाले छोएन प्राइम बैंकलाई, पहिलो क्वाटरमै कमायो १ अर्व १ करोड



काठमाडौं । प्राइम कमर्शिलय बैंककले पहिलो क्वाटरमै १ अर्व १ करोड नाफा आर्जन गरेको छ । बैंक यसै आवको पहिलो त्रैमासमै १ अर्व १ करोडभन्दा बढी खुद मुनाफा गर्न सफल भएको छ । गत फागुनमा राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई गाभेको प्राइम बैंकले कोरोनाको महामारीका विच पनि १ अर्व १ करोड ३६ लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधीमा ६५ करोड ९७ लाख खुद मुनाफा कमाएको प्राइम बैंकले यस आवमा भने ३५ करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ । यसको देन कैलाश किवास बैंकलाई जान्छ । ३३ करोड ८४ लाख वितरणयोग्य मुनाफा रहेको छ । त्यसैगरी प्राइम बैंकको प्रतिसेयर आन्दानी पनि २७.२४ रुपैयाँबाट बढेर २९.११ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थभने १५४.२६ रुपैयामा पुगेको छ ।

१३ अर्ब ९८ करोड चुक्ता पुँजी रहेको प्राइम बैंकले खुद व्याज आन्दानी पनि बढाएको छ । खुद ब्याज आम्दानी ४९ करोड ३ लाख ३१ हजार रहेकोमा यस आवमा १ अर्ब ४४ करोड ८ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

पहिलो त्रैमासमा बैंकले निक्षेप पनि बढाएको छ । गत आसारमसान्तमा १ अर्व १९ करोड निक्षेप रहेकोमा ५ करोड बढाएर १ अर्व २४ करोड पुर्याएको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब १२ करोड ७ लाख रुपैयाँ रहेको छ । प्राइम बेंकको निष्कृय कर्जा भने बढेको छ । बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ मा पुगेको छ । जुन कैलाश विकास बैंकको निष्क्रीय कर्जाको भार प्राइममा थपिएको हो ।


प्रतिक्रिया दिनुहोस्