प्रभु बैंकको २११ औं शाखा नवलपरासीको प्रगतिनगरमा « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

प्रभु बैंकको २११ औं शाखा नवलपरासीको प्रगतिनगरमा



काठमाडौं । प्रभु बैंकले पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ स्थित प्रगतिनगरमा २ सय ११ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि सेवा विस्तार गरेको छ ।
बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्