चाइना अदातलबाट मुद्धा जितेपछि बैंक अफ काठमाण्डूका सीईओ पन्तले भने ‘आजै क्लेम पठाउँछौं’ « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

चाइना अदातलबाट मुद्धा जितेपछि बैंक अफ काठमाण्डूका सीईओ पन्तले भने ‘आजै क्लेम पठाउँछौं’



काठमाडौं । बिहीबार नै चाइनाको झेन्जोउ इनटरमिडियट कोर्टबाट मुद्धा जितेका दुई नेपाली बैंकहरुले आजै आफुले पाउनुपर्ने रकमको क्लेम पठाउने भएका छन ।

८ वर्षपछि दुई बैंकले चाइनाको उच्च अदालतबाट मुद्धा जितेका छन । सर्वोच्च जानसक्ने संभावना पनि उत्तिकै छ । विपक्षीले सर्वोच्चमा मुद्धा नहाले दुई बैंकको झण्डै डेढ अर्व रुपैयाँ नेपाल आउनेछ ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले आजै आफुले पाउनुपर्ने रकमको क्लेप चाइन कन्ट्रक्सन बैंकमा पठाउने भएका छन । बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्तले अर्थपथसंग भने ‘चाइनिज बैंकले हामीलाई सोमबारसम्म पैसा पठाउनेमा विश्वस्त छौं ।’

सुरुमा मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने ठेक्का पाएको चाइना रेल्वे ग्रुप अफ कम्पनीले विचैमा काम रोकेर भागेको थियो । सो कम्पनीलाई नेपाली दुई बैंककले ग्यारेन्टी बापत झण्डै डेढ अर्व रुपैयाँको ग्यारेन्टी दिएका थिए ।

८ वर्षदेखी यी नेपाली दुई बैंकले मुद्धा लड्दा लड्दै बल्ल पैसा पाउने अवस्थामा आइपुगेका छन् । अझ कन्र्फम भने हुने अवस्था छैन । बैंक अफ काठमाण्डूको ८५ करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्