तिनाउ मिसन डेभलपमेन्ट बैंकद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा



काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ ।

बैंकको असार २५ गते सम्पन्न भएको तेर्हौँ वार्षिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा कार्तिक १९ गते नै जम्मा गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले २०७६ साल असार ३१ गतेपश्चात् शेयर खरीद गरी कायम भएका शेयरधनीहरूले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयंमले भुक्तानी गर्नुपर्ने बताउँदै कर बापतको रकम जम्मा गरेपश्चात् मात्र बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्