माछापुच्छ्रे बैंकले कमायो ३६ करोड नाफा, निक्षेप ७ अर्वले बढाउँदा कर्जा ५ अर्वले बढायो
काठमाडौं । माछापुच्छ्रे बैंक चालु आवको पहिलो त्रैमासमा ३६ करोड ९ लाख नाफा आर्जन गरेको छ । गत तीन महिनामा बैंकले ३६ करोड ९ लाख खुद नाफा कमाएको छ । गत आवको साही अवधीमा ३७ करोड ६० लाख कमाएको माछापुच्छ्रेले कोरोनाको कारण जम्मा ४ प्रतिसतमात्रै नाफा घटेको हो । यसरि हेर्दा बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रहेको छ ।
२९ लाख खुद व्याज आन्दानी बढाएको छ । पहिलो त्रैमासमा बैंकले ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अन्य संचालन आन्दानीमा झण्ड दोव्वर गर्न सफल भएको छ । बैंकको अन्य सञ्चालन आम्दानी पनि १ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड २३ लाख पुर्याउन सफल भएको छ ।
बैंकले ७ अर्व निक्षेप बढाएको छ भने ५ अर्व कर्जा बढाएको छ । यसरी हेर्दा र्काा निक्षेप अनुपात मिलाएको देखिन्छ । निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोडबाट बढेर १ खर्ब ११ अर्ब ८८ करोड पुगेको छ भने कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर ९७ अर्ब ८० करोड पुर्याएको छ ।
८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ३९ करोड राख्न सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ रहेको छ ।