भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा एकसय क्यासब्याक « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा एकसय क्यासब्याक



काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहक महानुभावहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गर्नुभएमा दक्षिणा रकममा थप १०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिनेछ ।

यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम ५०० स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नुहुनेछ । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजना अन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले मोबैंक एपमा रहेको ‘डिजिलट दक्षीणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्क मा भाइटिका जस्स्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्