इन्भेष्टमेन्ट बैंककले सिटि एक्प्रपेसलाई अक्वायर गर्न राष्ट्र बैंकबाट पायो स्वीकृती

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्प्रेस फाइनान्सलाई गाभ्ने भएको छ । सिटी एक्सप्रेसलाई गाभ्नका लागि इन्भेष्टमेण्ट बैंकले गत आश्विन २८ गते विषेस साधारणसभा गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको लागै पेश गरेको थियो ।
नेपाल राष्ट्र बैंकको आइतबार बसेको संचालक समिति बैठकले विभिन्न निर्णयमध्ये मर्जर एण्ड एक्युजिसन अन्र्तगत इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्प्रेस फाइनान्स गाभ्न स्वीकृत प्रदान गरेको हो । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले अवको दुई साताभित्रै अक्वामयर गरिसक्ने बताए ।
इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेसलाई प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने भएको हो । बैंकले ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । यसमा प्रबद्र्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने भने सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ ।
सटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्नको लागि नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गतेको लागि विशेष साधारण सभा बोलाएको थियो ।