बैंकलाई ब्रोकर लाइसेन्स दिन सबै निकाय तयार छन् भने बोर्डको कुनै समस्या छैनः ढुंगाना

काठमाडौं । नेपाल धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा विवादित विषय भएको बताएका छन् । बैंकहरुले पनि ब्रोकरको लाइसेन्स पाउनुपर्ने माग गरेका छन् । तर यो विषयमा बैंकलाई ब्रोकर लाइसेन्स नदिने विषयमा बोर्ड अध्यक्ष ढुंगाना रहेका छन् । उनले एक अनलाइनसंगको अन्तवार्तामा यो विवादित विषय रहेको र बोर्डले मात्रै गर्ने निर्णय नरहेको बताएका हुन् ।
उनले उक्त अनलाईनसंग भने, “यो विवादित विषय हो । यो धितोपत्र बोर्डले मात्रै गर्ने होइन । बैंकलाई कतिसम्म कारोबार गर्न दिने ? कुन–कुन क्षेत्रमा पठाउने ? भएभरका काम बैंकलाई मात्रै दिने हो कि ? बिमा पनि बैंकले गर्छु भन्छ । धितोपत्र पनि बैंकले गर्छु भन्छ । बैंकिङ पनि बैंकले गर्छु भन्छ । मार्जिन पनि बैंकले गर्छु भन्छ । लघुवित्तको काम पनि बैंकले गर्छु भन्छ ।”
त्यस्तै, उनले नेपाल राष्ट्र बैंकले बैंकले गर्ने कामको पनि स्पष्टता गराउनुपर्ने उनले जोड दिएका छन् । “के–के काम बैंकलाई गर्न दिने भन्ने कुरामा राष्ट्र बैंक स्पष्ट हुनुपर्छ । फेरि यो भनेको एउटा ‘स्विफ्ट’ हो । अहिलेको संरचनालाई परिवर्तन गरेर अर्कै संरचनामा जान्छौं भनेर सरकार पनि तयार हुनुपर्याे, उनले भने ।”
बैंकलाई ब्रोकर लाइसेन्स दिनलाइ सबै निकाय तयार हुने हो भने बोर्डको कुनै समस्या नरहेको उनले बताएका छन् । यस बारे संसदको अर्थसमितिले पनि चासो लिएको र लाइसेन्स दिनु अघि केहि कुराको सम्वोधन गनुपर्ने उनको भनाइ छ । त्यस्तै, त्यस्तै बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने तुरुन्तै हुने काम पनि नभएको बताए ।