नेप्सेले धितोपत्र बोर्डलाई टेर्दैन भन्ने कुरा चाँहि असम्भव कुरा हो « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

नेप्सेले धितोपत्र बोर्डलाई टेर्दैन भन्ने कुरा चाँहि असम्भव कुरा हो



भिष्मराज ढुङ्गाना, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेवोन)

ब्रोकर संख्या ५० बाट घटाएर २५ वटा बनाउनुपर्ने हुनसक्छ ।

केहि समयअगाडी नेप्सेको कारोबारमा सिस्टममा समस्या देखियो, नेप्सेको सरोवर नै काम नलाग्ने भएको हो ? काम नलाग्ने सरोवार किनेर घोटला भएको आसंका छनि ?

कुनै कुरा हामीले भित्र्याउछौ । त्यो कुराले काम गरेन भने पक्कै पनि घोटला हुने सोच्नु स्वभाविक हो । जव त्यसले राम्रो काम गर्छ यसले ठिकै काम गरेछ भन्ने हुन्छ । काम नगरेपछि मान्छेले आफ्नो दिमागलाई धेरैतिर घुमाउछ । त्यसैलेगर्दा यस्ता कुराहरु बजारमा आउछन् । वास्तवमा त्यस्तो घोटला भएको जस्तो हामीलाई लाग्दैन । १९ करोडको सिस्टम हो । त्यो सबै सफ्टवेर मात्रै होइन त्यसमा हार्डवेयर पनि छ । हार्डवेयर आधा र सफ्टवेयर आधा हो । हार्डवेयर जस्तो सुकैलाई पनि त्यहि नै चाहिन्छ ।

सफ्टवेयरले राम्रो काम गर्यो की गरेन भन्ने महत्वपुर्ण हो । सफ्टवेयरको केसमा राम्रो काम भइरहेको थिएन । हामीले जव बजारमा अवोधहरु आउन थाल्यो तव नेप्सेलाई धेरै पटक स्पष्टिकरण सोध्न थाल्यो । धेरै पटक कारवाहीका कुराहरु गरेका थियौं । नियमक निकाय, नेपाल सरकार अर्थ मन्त्रालय, नेप्से सबैजना बसेर अव यसलाइ कसरी जाने भन्ने कुरामा हामीले छलफल गर्यौ ।

हामीले नेप्सलाई सातदिनको टाइम दियौ । सेवनले सात दिनभित्रमा राम्रोसंग अप्रेट गर्छौ भने गर नभए अर्काे व्यवस्था गर्छाै भनेर निर्देशन दिएपछि सातदिनसम्म घनिभूतरुपमा लाग्यो । समस्या कता छ भनेर पत्ता लगाए । खास समस्या कता रैछ भने नट्समा म्याचिङ इन्जिनमा धेरै ग्राहकहरुको प्रेसर बढेको हुनाले एउटा इन्जिनले नभ्याएको रहेछ । त्यसलाई हामीले बढाएर चारवटा बनाएका छौ । यो बढाएपछि खासै समस्या आएको छैन ।

धितोपत्र बजारमा बजार सञ्चालन गर्नको निम्ती धेरै चिजहरु मिल्नुपर्छ । जस्तै अनलाईन सिस्टममा नेप्सेको सिस्टम पनि जोडिन्छ, सिडिएससीको सिस्टम पनि जोडिन्छ, डिपीको सिस्टम पनि जोडिन्छ, सर्भलेसको सिस्टम पनि जोडिन्छ, ब्रोकरको सिस्टम पनि जोडिन्छ, डाटा मेनजमेण्टको सिस्टम पनि जोडिन्छ । बैंकसंगको पेमेण्टका कुराहरु पनि जोडिन्छन् । यो सबैलाई फङ्सन गरिसकेपछि मात्रै ओभरल सिस्टम जान्छ । बैंकको भन्दा क्यापिटल मार्केट कप्लीकेटट छ । त्यसैले कुनैपनि ठाउमा अवरोध भयो भने सिस्टम चल्नलाइ गाह्रो हुन्छ । हामीले टिएमएस सिस्टमका लागि ब्रोकहरुलाई छुट्टै व्यवस्था गर भनेका छौ । नट्सका लागि इम्प्रुभमेण्टका कार्यहरु गरिरहेका छौ । अहिले स्टम सुधारका काम ब्यापक रुपमा सुधार भइरहेको छ । आगामी दिनमा यो व्यवस्थामा सुधार भएपछि राम्रो नतिजा दिन्छ भन्ने अपेक्षा गरेका छौ ।

धितोपत्र बोर्डले नेप्सेलाई नियमन गर्न नसकेको हो, की नेप्सेले वास्ता नगरेको हो ?

नियमन गर्न नसकेको भन्ने होइन । रेगुलेटर भनेको रेगुलेटर हो । त्यसैले रेगुलेटरले नियमन गर्न नसक्ने भन्ने चान्स नै हुँदैन । नेप्सेलाई हामीले यो दौरानमा एक दर्जनभन्दा बढि स्पष्टीकरण सोधका छौ । हामीले आधी दर्जन मिटिङ यहाँ बोलाएर गरेका छौ । समस्या के पहिला पत्ता लगाउनु पर्यो, समस्या समाधान गर्नको लागि समय दिनुपर्यो । त्यति गर्दा पनि भएन भने कारवाही गर्नुपर्यो । हामीले प्रारम्भिक रुपमा गर्नुपर्ने काम सबै गरेका छौं । नेप्सेले धितोपत्र बोर्डलाई टेर्दैन भन्ने कुरा चाहि असम्भव कुरा हो । यदि धितोपत्र बोर्डले चाह्यो भने नेप्सेको लाइसेन्स खारेज गर्न सक्छौ अर्काे स्टक एक्सचेन्जमा आउन सकिन्छ । त्यसैले नेप्से भनेको धितोपत्र बोर्डले जन्माएको बच्चा हो । बच्चाले कहिले पनि माउसंग कोखेजोरी खेल्ने हैसियत राख्दैन ।

भिष्मराज ढुङ्गाना, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेवोन)

तपाई भन्दा अघिका अध्यक्षले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने गरि तयारी गरेका थिए, तपार्इँ पनि त्यहि ब्रोकरको प्रभावमा पर्नुभएको हो ?

बेला बेलमा यी इस्यूहरु आइरहन्छन् । कसैले कुनै बेला ब्रोकरै थप्नुपर्छ ब्रोकर चाहियो भन्छन्, कसैले होइन बैंकलाई नै दिनुपर्छ यो भएन भन्छन् । कसैले बैंकलाई नि हुँदैन अहिलेका ब्रोकलाई पनि हुँदैन जो–जो मान्छे आउँछन् सबैलाई दिनुपर्छ भन्छन् । यी मान्छेका कुराहरु हुन् । कुन कुरा राम्रो हो कुन कुरा नराम्रो हो भन्ने कुरा नियमन निकायले सोचेर गर्नुपर्छ । लहरबाजिमा काम गर्नुहुँदैन ।

यसको सन्दर्भमा विगत आधि दशकदेखि समाधान हुन नसकेको विषय हो । यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा हामी लागिरहेका छौं । धितोपत्र बोर्ड एक्लैले गर्ने पनि होइन । यसमा नेपाल राष्ट्र बैंक, नेपाल सरकार अर्थ मन्त्रालय, नेप्से, लगानीकर्ता सबैले के चाहिँ उपयुक्त हो भनेर निर्धारण गर्नुपर्छ । त्यो निर्धारण गर्नुपर्ने काम अहिले भइनसकेकोले रोकिएको हो । तर यदि सिस्टमले राम्रोसंग काम गरेन भने बैंकलाइ पनि ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने मनस्थितीमा हामी छौँ ।

भनेपछि बैंकले ब्रोकर लाइसेन्स पाउँछ ?

आजभोली नै पाउछ भन्ने चाहि होइन । त्यो समय र बजारको आवश्यकताले निर्धारण गर्छ ।

आइपीओमा सबैलाई १० कित्ता बाड्ने सिस्टम राम्रो भएन भन्ने छ यसलाइ परिमार्जन गर्न कुरा पनि भइरहेको छ, तपाइले पनि भनिरहनुभएको यो खासमा के हो ?

सबै कुराका आ–आफ्ना फाइदा र वेफायदा हुन्छन् । १० वटा कित्ता दिनाले एकदमै फाइदा भएको छ, र यो हुनैपर्छ भन्ने पनि होइन । यो एकदमै नराम्रो कुरा हो तुरुन्त हटाइ हाल्नुपर्छ भन्ने पनि होइन । यो सबै कुराहरु समय सापेक्ष अनुसार हुन्छन् । कुनै एउटा लगानीकर्ताले लगानी गर्ने इच्छा राख्छ भने कुनै कम्पनीको १० कित्तामा सेयर लगानी गरेर उसलाइ फाइदा होइन वेफाइदा नै हुन्छ । किनभने १० कित्तामा मात्रै लगानी गर्न पायो र अरुमा लगानी गर्न पाएन भने १० कित्ताका लागि डिम्याट खोल्नु पर्यो, डिम्याटको शुल्क तिर्नुपर्यो, केवाइसी भर्नुपर्यो, रेकर्ड मेन्टन गर्नुपर्यो, सेयर कारोबार गर्नलाइ बैंक खाता खोल्नुपर्यो त्यसमा पनि ब्यालेन्स मेन्टन गर्नुपर्यो । कारोबार गर्दा १० कित्ता परेको छ १० कित्ता भनेको एक हजार रुपैयाँ हालिसकेपछि भोलि उसले ५० रुपैयाँ डिभिडेण्ट पाउँछ ५ प्रतिशत भयो भने । १० प्रतिशत भयो १०० रुपैयाँ पाउँछ । त्यो सय रुपैयाँ लिनालाइ कति पापड पेल्नुपर्छ । उसको घरबाट आएर त्यो सय रुपैयाँ लग्ने हो कति खर्च लाग्ने हो ? त्यसैले यसले लागत बढाउँछ । त्यसैले गर्दा एउटा निश्चित रकम भयो भने उनीहरुलाई पनि मैले लगानी गरेको थिए लगानी रिटर्न त आयो भन्ने भावना हुन्छ ।

आइपिओमा कति कित्ता दिने हुनुपर्ने हो ?

हामीले त्यो भनेका छैन । एउटा लगानीकर्ताले ५० कित्तासम्म चाहिँ भयो भने उसलाइ अनुभूति हुन्छ भन्ने कुरा हो । बुक विल्डिङमा ५० कित्ता गर्नुपर्छ भनेर भनेका छौं । यसको अन्यको केषमा स्थानिय बासिन्दालाइ १० कित्ता न होस बाँकि अरु लगानीकर्तालाइ ५० कित्ता पुर्याउनुपर्छ कि भनेर हामी छलफल गरिरहेका छौ । अहिले भइसकेको छैन । यदि त्यहि कुरामा सबै पक्षको सहमति भयो भने हामी ५० कित्तामा जान्छौ ।

यहाँहरुको कम्पनी ऐनमा १६ बर्ष नपुगेको ब्यक्तिले सेयर होल्डर हुन पाउँदैन भन्ने छ, यसमा अलिकति विवाद देखिएको छ नि ?

त्यो कन्फीलीक्ट होइन । १० कित्तै निती हाम्रो सन्र्दभमा त्यति उपयुक्त देखिदैँन । किनभने १० कित्ता हालिसकेपछि पाउछु भन्ने ग्यारेण्टी पनि छैन । अहिले १० कित्ता हाल्ने १० जनामध्ये १ जनाले मात्रै पाएको छ । आखिर चिठ्ठा लगाउनुपथ्र्योे भने १० कित्ता किन ? १० कित्ता हालिसकेपछि मान्छेले आफ्ना परिवार, आफ्ना साथिभाइ, आफ्ना नातागोता सबैको हाल्न थालेका छन् । पहिले बोरामा नागरिकता ल्याएर हाल्थे रे अहिले त्यहि काम डिजिटाइजेशन भइरहेको छ । त्यसले यो ठीक भइरहेको छैन । ५० कित्ता भयो भने आधि घट्छ । किनभने पर्दैन भन्ने थाहा छ चिठ्ठा नै पर्ने भएपछि मान्छेले यो सबै बाह्र सत्ताइस गर्नुपर्दैन ।

कम्पनी ऐनमा नावालक सेयर होल्डर हुन पाउँदैन, तर नावालक पनि सेयर भरेपछि सेयरहोल्डर भएन ?

हो नावालक सेयर होल्डर भएपनि उसको सबै कुराहरु परिवारले सञ्चालन गर्ने । संरक्षकले सञ्चालन गर्ने, हाम्रो कानुनले राइट दिएको छ त्यो राइट यसो गर्न पाइदैन भनेपछि हामीले गर्न सक्दैनौ । बैक खाता खोल्न पनि बच्चा जन्मिसकेपछि उसको जन्मदर्ता छ भने उसले खाता खोल्न पाउछ । तर परिवारले सञ्चनान गर्छ । सेम कुरा क्यापिटल मार्केटमा पनि लागु हुन्छ ।

तपाईँ राष्ट्र बैंकमा ३० बर्ष काम गरेको मान्छे, सिमित ब्रोकरको कब्जामा बजार पर्यो भनिन्छ नि ?

सिमित ब्रोकरमा बजार पर्यो भन्ने नै होइन नी । यदि यो अनलाईनलाई इफिसेन्स बनायौ भने अहिले सिमिति ब्रोकर हाईन यहि ब्रोकर धेरै हुन्छ । ब्रोकर संख्या ५० बाट घटाएर २५ वटा बनाउनुपर्ने हुनसक्छ । सिमित भन्ने हुँदैन । जे जति कारोबार गरेको छ यो सिस्टम इनइफिसेन्ट हुनाले यो कुरा भएको हो । सिस्टम अझै इनइफिसेन्ट भयो भने अझै बढ्छन् । त्यसैले यो सिस्टम इफिसेन्ट बनाउदै जान्छौ यो घट्दै जान्छ ।

नेप्सेको सिस्टम चेन्ज गर्ने भन्नुभएको थियो, यो सत्य हो ?

यो चेन्ज गर्ने होइन । हामीले सिस्टम बनाउने हो । धितोपत्र बोर्डमा, सेकेण्डरी मार्केटमा स्टक एक्स्चेन्जले एक खालको सिस्टम संचालन गर्नुपर्छ । त्यो सिस्टम भनेको अनलाइन सिस्टम जसलाइ म्याचिङ सिस्टम र अरु उसंग रिलेटेड कुराहरु हुन्छन् । ब्रोकरले टिएमएस चलाउनुपर्छ । ब्रोकरको टिएमएस स्टक एक्स्चेन्जले चलाउने होइन । ब्रोकरको टिएमएस भनेको ब्रोकरको आफ्नो वनरसिपको कुरा हो । अन्तराष्ट्रीय चलन अनुसार जसरी ब्रोकरले आफ्नो टिएमएस म्यानेजमेण्ट गर्छन र क्लाइन्टलाई सर्भिस दिन्छन त्यहि व्यवस्था तिमीहरुले गर्नुपर्छ । त्यो गर्यो भने क्लाइन्टले बढिभन्दा बढि सुविधा पाउछन् । नयाँ नयाँ प्रोडक्टहरु पाउछन् । ब्रोकरहरुलाई टिएमएस आफै मेनेजमेण्ट गर र नेप्सेले म्याचिङ इन्जिन र अरु ट्रेड म्यानेजमेण्टका कुराहरु र अनलाइनका म्यानेजमेण्ट गर भनेर हामीले पनर्देशन दिएका छौ ।

सिडीएससीलाई पनि नेप्सेमा गाभ्ने कुरा थियो, अरु पार्टनर पनि बजारमा भित्र्याउने कुरा थियो, के भइरहेको छ ?

अहिले हामीले सिडिएससीलाई नेप्सेमा गाभ्नु हुँदैन भन्ने कुरामा सिद्धान्त क्लिएर भएका छौ । यसमा दुविदा छैन । नेप्से आफ्नै किसिमले सञ्चालन हुन्छ सिडिएससी आफ्नै किसिमले सञ्चालन हुन्छ । सिडिएससीमा हामीले थप फङ्सनलहरु एड गर्दै छौं । जस्तै सेन्ट्रालाइज केवाइसी सिडिएसले गर्नुपर्ने छ । सिडिएसले क्लियरिङको काम गररिरहेको छ । बरु सिडिएसबाट अझ एउटा फङ्सन थप्ने भन्ने लागिरहेको छ । सिडिएसले सेयरको क्लियरको कुरा गर्ने र बैंकको क्यासको सेटेलमेण्ट अर्कै कम्पनीबाट गर्नुपर्छ की भन्नेमा छ ।

अहिले दुइटै एउटै ठाउँबाट भइरहेको छ । त्यसलाइ ब्रोकरको टिएमएसमा पनि ट्रान्सफर सकिन्छ । त्यस्तै क्लियरिङका पाटाहरु, सिस्टम अलिकति इफिसेन्ट भयो भने इभोटिङको कुराहरु पनि गर्न सकिन्छ । घरैबबाट सिडिएस मार्फत भोटिङ गर्न पाउने । यो व्यवस्था हामीले एड गर्न लागेका छांै । सिडिएसको वनरसिपको सन्दर्भमा यदि आवश्यक पर्यो भने चेन्ज गर्नुपर्ला । अहिले सिडिएसको वनरसिप उसैलाई राख्नुपर्ने र नेप्सेको वनरसिपमा राष्ट्र बैंकको पार्टको सेयरहरु छ त्यसलाइ चाहि डाइभर्ट गर्ने भन्ने यो सालको प्लान छ ।

तपाई धितोपत्रमा हुँदासम्म बैंकले ब्रोकरको लाइसेन्स पाउछ की पाउदैन ?

आवश्यक पर्यो भने पाउछन । बैंकलाइ ब्रोकर लाइसेन्स दिनु उपयुक्त छ भन्ने कुरा नेपाल राष्ट्र बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय कन्भिन्स भयो भने पाउँछ ।

संसदिय समितिमा त लफडा नै भयो नि ?

त्यता पट्टिका पार्टका कुरा उतैका हुन् । उहाँहरुले पनि नदिने भनेको छैन । सर्टेन कुराहरु गरेर दिन सकिन्छ भनेको छ । त्यो कुरामा पनि वर्कआउट गरिरहेका छौ । मेरो पर्सनल धारणा आवश्यक पर्यो भने दिने हो । अहिले तत्काल आवश्यक छैन ।

सेवोनमा तपाँईका प्राथमिकतामा के के छन् ?

सेवोनका प्राथमिकतामा धेरै कुराहरु छन् । ऐनका कुराहरु, अनलाइनलाई भरपर्दों बनाउनुपर्ने, ब्रोकरहरुको टिएमएस म्यानेजमेण्टका लागि सिस्टम बसाल्नु बाँकि छ । विशिष्टीकृत लगानी कोष स्थापना गर्न बाँकि छ । कमोडेटिज मार्कटेका लगानीहरुलाई दर्ता गर्न बाँकि छ । मार्केटको ल्कियरिङ सिस्टमलाइ बढाउन बाँकि छ । धेरै कुराहरु गर्न बाँकिछन् त्यसको लागि हामीले दुइटा कुराहरु गरिरहका छौ । निती कार्यक्रम बनाएर बार्षिक कामहरु गर्छाैं र चार बर्षमा के गर्ने त ? धितोपत्र बोर्डलाइ कहाँबाट कहाँ पुर्याउने भन्ने कुरामा हामी रणनीति बनाउँदै छौं । त्यसपछि ४ बर्षमा कहाँ पुग्छ भनेर क्लियर कुराहरु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्