नेरुडे लघुवित्तको १५ प्रतिसत बोनस सेयर लिष्टीङ « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

नेरुडे लघुवित्तको १५ प्रतिसत बोनस सेयर लिष्टीङ



काठमाडौं । नरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा लिष्टङ भएको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे २०५० सालमा एनआरडिएससी संस्थाबाट कारोवार सुरु गरेको थियो ।
नेरुडेले गत अघिल्लो आव २०७५/०७६ को नाफाबाट सेयरधनीलाई २० प्रतिसत नाफा बाँडेको थियो ।

जसमा ५ प्रतिसत नगद दिएको थियो भने १५ प्रतिसत बोनस सेयर दिएको थियो । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार नेरुडेले अघिल्लो आवमा दिएको १५ प्रतिसत बोनस सेयर लिष्टीङ गरेको हो ।

आव ०७६/०७७ को नाफा भने वितरण गरिनसकेको कम्पनीका डिजिएम भगनारायण साहुले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्