लघुवित्त संस्थामा मर्जरको लहर, ९६ बाट एकैपटक कसरी झर्यो ६५ मा ?
पुँजी बृद्धिले अझै खुम्चदै
काठमाडौं । नेपालमा अहिले लघुवित्त संस्थाहरुमा मर्जरको लहर चलेको छ । कुनैबेला विकास बैंक र फाइनान्स कम्पनीको संख्या पनि झण्डै ९० ओटाको हाराहारीमा थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था मर्जर एण्ड एक्युजिसनको निती अख्तियार गरेपछि बैंक वित्तिय क्षेत्रमा मर्जर सुरु भएको हो ।
राष्ट्र बैंकले लघुवित्त संस्थाको पुँजी बृद्धिको निती अख्तियार गर्ने भएपछि अझै लघुवित्त कम्पनीको संख्या घट्ने देखिएको छ । राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्तको हकमा ८० करोड देखि १ अर्बसम्मको बनाउनुपर्ने प्रस्ताव गरेको हो । यसबारे मौद्रिक नीतिको समिक्षाका क्रममा नयाँ निर्देशन आउने अपेक्षा गरिएको छ ।
९६ ओटा लघुवित्त संस्थाले लाइसन्स पाएकामा मर्जर र एक्यूजिसन हुँदै ६५ ओटामा झरेका छन । गत साता ग्लोवल आइएमई लघुवित्त र स्पर्ष लघुवित्तको मर्जरको स्वीकृती पाएसंगै लघुवित्तको संख्यामा तिब्र घटिरहेको छ । लघुवित्त संस्था ९६ बाट ६५ मा खुम्चिएको हो । यसरी मर्जर हुँदै जाने हो भने लघुवित्त संस्थाको संख्या यसै आवमा ४० ओटामा झर्न सक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकको उदेश्य लघुवित्तलाई मर्जर गरेर २०/२५ ओटामा ल्याउने रहेको देखिन्छ ।