एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाटै ग्राहकहरूले मुद्दती खाता खोल्न सक्ने
काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ ।
डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहक महानुभावहरूलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको हो ।
बैंकका ग्राहक महानुभावहरूले NIC ASIA MoBank एपमा रहेको ँFixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन । यस बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन । भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नुहुनेछ । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको रहेको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।