ओमी माइक्रोफाइनान्सले दियो ३० प्रतिसत बोनस सेयर « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

ओमी माइक्रोफाइनान्सले दियो ३० प्रतिसत बोनस सेयर



काठमाडौं । ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिसत बोनस सेयर दिने प्रश्ताव गरेको छ । कम्पनीले सबै बोनस सेयर घोषणा गरेकाले सेयरधनीलेनै कर तिर्नुपर्ने छ । माइक्रोफाइनान्सले नाफाबाट क्यापिटल बढाउने निती अख्तियार गरेको हो । २७ करोड ७८ लाख चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

गत आवमा २५ प्रतिसत बोनस सेयर दिएको ओमीले विगतका वर्षहरुमा २०÷२५ प्रतिसत बोनस दिँदै आएको थियो । चालु आको पहिलो त्रैमासमा १ करोड ६६ लाख नाफा कमाएको छ । गत वर्ष २ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्