माछापुच्छे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल बीच भयो यस्तो सम्झौता « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

माछापुच्छे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल बीच भयो यस्तो सम्झौता



काठमाडौं । माछापुच्छे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्रीप्रसाद दाहाल तथा माछापुच्छे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गर्नुभयको छ ।

सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छे बैंकले न्यूनतम १ लाख देखि अधिकतम १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ । साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले माछापुच्छे बैंकले उक्त, सम्झौता गरेको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छे बैंकको पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस POS Machine मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्