सेन्चुरी कमर्शियल बैंकको ७.५० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

सेन्चुरी कमर्शियल बैंकको ७.५० प्रतिशत लाभांश घोषणा



काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कुल ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.२५ प्रतिशत नगद गरि कुल ७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


प्रतिक्रिया दिनुहोस्