आजदेखि पाण्डेको नेतृत्वमा इन्फ्राष्ट्रक्चर बैंक « Arthapath.com
१ पुष २०७७, बुधबार

आजदेखि पाण्डेको नेतृत्वमा इन्फ्राष्ट्रक्चर बैंक



काठमाडौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बाहिरिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

पाण्डे सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग लामो समय बैंकमा काम गरेको अनुभव रहेको छ । उनले २ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्