सेन्ट्रल फाइनान्सले गर्यो १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।आइतबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सको हाल कायम गरेको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ हजारको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश पारीत हुने छ ।
