महालक्ष्मी विकास बैंकको ७ करोड घोटलाको नाइके सुन जाचकी पद्म ज्ञवाली पक्राउ « Arthapath.com
१४ पुष २०७७, मंगलवार

महालक्ष्मी विकास बैंकको ७ करोड घोटलाको नाइके सुन जाचकी पद्म ज्ञवाली पक्राउ



काठमाडौं । महालक्ष्मी विकास बैंकमा ७ करोड घोटला भएको छ । सो घोटला काण्डका फरार मुख्य अभियुक्त बैंकका कर्मचारी समेत रहेका सुन जाँचकी पद्म ज्ञवाली पक्राउ परेका छन ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईविको एक टोलीले १ महिनादेखी फरार रहेका ज्ञवालीलाई सोमबार साँझ पक्राउ गरेको हो । महालक्ष्मी विकास बैंकको ललितपुरको कुमारीपाटी शाखाबाट ५ किलो सुन राखेर १७ किलो सुन राखेको कागजात बनाइ ६ करोड ९३ लाख कर्जा लगेका थिए ।

सिआइबी प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार नक्कली सुन काण्डका मुख्य अभियुक्त सुन जाँचकी पद्म ज्ञवालीलाई प्रहरीले १ महिनाको प्रयासपछि पक्राउ गरेको छ । नक्कली सुन राखेर ७ करोड कर्जा लिने ११ जना ऋणी मध्यै सिआइबीले ३ जनालाई पक्राउ गरिसकेको छ । बाँकी ८ जना ऋणी पक्राउ गर्न बाँकी रहेको छ ।

सिआइबीले विभिन्न समयमा कर्जा प्रवाहको वखत हस्ताक्षरकर्ता ३ जना बैंकका शाखा प्रवन्धकहरुलाई पनि पक्राउ गरेको छ । बैंक कर्मचारीको मिलेमतोमा ५ केजी २ सय ग्रमा सुन राखेर ९ करोड ९३ लाख कर्जा प्रवाह भएको थियो । सोको व्याजसहित साँढे ७ करोड कर्जा असुल हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्