राष्ट्र बैंकले सनराइज बैंकका संचालकलाई बोलाएर भन्यो ‘बैंक तपाईंहरुको हो मिलेर काम गर्नुस्’ « Arthapath.com
१४ पुष २०७७, मंगलवार

राष्ट्र बैंकले सनराइज बैंकका संचालकलाई बोलाएर भन्यो ‘बैंक तपाईंहरुको हो मिलेर काम गर्नुस्’



काठमाडौं । सनराइज बैंकमा देखिएको संचालक विवाद बढेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंककले संचालक समितिलाई बोलाएको थियो । मंगलबार छलफलको लागी भन्दै सनराइज बैंकको संचालक समितिलाई बोलाएर सम्झाएर पठाएको राष्ट्र बैंकले जनाएको छ ।

सनराइज बैंकको संचालक समिति दुई समुह विभाजन भएपछि कतिपय संचालक समितिबा हुने निर्णयहरु रोकिदै आएको थियो । राष्ट्र बैंककले बैंकनै संकटमा पर्ने अवस्था आउन नदिन सम्झाएको स्वीकार गरेको छ ।

राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले बैंकका सबै संचालकलाई राखेर कहाँ के भएको हो भनेर सुरुमा सोधे । बैंक संचालकहरु सुरुमा मौन बसेपनि पछि विवादको चुरो निकालेका थिए ।

त्यसपछि बोल्ने पालो आयो कार्यकारी निर्देशक ढकालको । ढकालले बैंक तपाईहरुको हो झगडा गरेको राम्रो हुँदैन मिलेर जानोस भने । ‘हामीले मिलेर जान भनेका छौं, उहाँहरु पनि मिल्छौं भनेर फर्कनु भएको छ’ नियमन विभागका कार्यकारी निर्देशक ढकालले अर्थपथसंग भने ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको उपसमिति गठन हुन नसकेपछि संचालकहरु दुई भागमा बाडिएका थिए । बैंकको अध्यक्ष मोतिलाल दुगड समुह र बच्छराज तातेड समुहविच विवाद चर्किएको हो । विवाद बढ्दै गएपछि एकले अर्कोलाई विभिन्न बेनामे उजुरी राष्ट्र बैंकमा गर्न थालेपछी राष्ट्र बैंकले संचालकहरुलाई बोलाएको हो ।

संचालक तथा मानव संसादन विभाग उपसमितिमा रहेका तातेडलाई अध्यक्ष दुगडले अर्को उपसमितिमा बस्न आग्रह गरेका थिए । उनले अर्को उपसमितिमा नजाने बरु अध्यक्षनै हटाउने भन्दै बोर्डमा लफडा झिक्न थालेका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको उपसमितिमा २ कार्यकाल भन्दा बढी बस्न मिल्दैन । तातेड मानव शंसाधन उपसमितिमा लगातार दुई कार्यकाल विताएर पनि पुन दावी गरेपछि विवाद बढेको हो ।


प्रतिक्रिया दिनुहोस्