राष्ट्र बैंकद्वारा पुनरकर्जा आवेदन खुला, कुन क्षेत्रले कति पाउने ? « Arthapath.com
१७ पुष २०७७, शुक्रबार

राष्ट्र बैंकद्वारा पुनरकर्जा आवेदन खुला, कुन क्षेत्रले कति पाउने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारबाट एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो ।

एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । सरकारले कोरोनाबाट प्रभावित बनेका उद्योग र पर्यटनसंग संबन्धीत ऋणीको लागी पुर्नकर्जाको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नितीमार्फत पुर्नकर्जाको व्यवस्था गरेको थियो ।

पुनरकर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ १२ गतेसम्म आवेदन दिनुपर्ने छ । राष्ट्रबैंकका अनुसार यस्तो पुनरकर्जा कोभिड १९ बाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइने छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनरकर्जा र ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने पुनरकर्जाको ब्याजदर कम्तीमा ३ देखि बढीमा ५ प्रतिशत हुने छ ।


प्रतिक्रिया दिनुहोस्