सेञ्चुरी बैंकमा चर्को चुनाव, ३ जना प्रमोटरको लागी ७ जनाको आवेदन « Arthapath.com
२३ पुष २०७७, बिहीबार

सेञ्चुरी बैंकमा चर्को चुनाव, ३ जना प्रमोटरको लागी ७ जनाको आवेदन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयरधनीको चुनाव हुने भएको छ । ३ जना संस्थापक संचालकको लागी ७ जनाले आवेदन दिएका छन । बुधबार सांझ ५ बजेसम्म आवेदन समयमा ७ जनाले आवेदन दिएको निर्वाचन समितिले जनाएको छ ।

सेञ्चुरी बैंकको संचालक समितिमा ३ जना संस्थापक र ३ जना सर्वसाधारणबाट निर्वाचित हुनेछन । १ जना स्वतन्त्र संचालक हुने व्यवस्था रहेको छ । सेञ्चुरी बैंकको संचालक बन्न एनएलजी इन्स्योरेन्सको संचालकबाट मनबहादुर राईले राजिनामा दिए । एनएलजीको संचालकबाट राजिनामा दिएको दोस्रो दिनै राईले सेञ्चुरीमा नोमिनेसन गरेका छन । उनि यसअघिनै सेञ्चुरीमा संचालक बन्न लागिपरेका थिए ।

त्यस्तै नेको इन्स्योरेन्सको अध्यक्ष रहेका रमेश निरौला पनि सेञ्चुरीको संचालक बन्न राजिनामै गरेर लागेका छन । अल्पाइन डेभललपमेन्ट बैंकको संचालक रहेका नवराज रावत पनि सेञ्चुरीको संचालक बन्न मरिमेटेर लागेका छन । उता विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकका पुर्व संचालक रहेका विर्खबहादुर विष्ट, सेञ्चुरी क्यापिटलका अध्यक्ष रहेका रणबहादुर श्रेष्ठ, अमित श्रेष्ठ र महेश कुमार अग्रवाल लागिपरेका छन ।

७ जनाले संचालक बन्न दावी सहित दरखास्त दिनुभएको कम्पनी सचिव तुलशीप्रसाद भट्टराईले जानकारी दिए । संचालकमा नोमिनेसन गरेकाहरुको नामावली फिर्ता लिने समय पौष २६ गते आइतबारसम्मको लागी तय गरिएकाले सर्वसम्मतीको पनि संभावना रहेको देखिन्छ । तर ३ जनाको लागी ७ जनाले दावी गरेपछि चुनाव पक्कापक्की जस्तै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्