एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२९ पुष २०७७, बुधबार

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । एनएमबि बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा पौष २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा बैंकको संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड १९ का कारण हुनसक्ने संङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्