सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने « Arthapath.com
१५ माघ २०७७, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले माघ ७ गते बुधबार सेबोनमा निवेदन दिएको हो ।

बैंकले १० वर्ष अवधिको लागि ७५ रुपैयाँ बराबरको ‘१० वर्ष, ९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर, २०८७’ नाम गरेको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

बैंकले सर्वसाधारणका लागि ३ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ४ लाख ५० हजार कित्ता बिक्री गर्ने जनाएको छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्