कोरोनाको विच सिटिजन्स बैंकको उकालो यात्रा, बैंकको नाम र लोगो नमेटिनेगरी मर्जरमा जाने « Arthapath.com
२० माघ २०७७, मंगलवार

कोरोनाको विच सिटिजन्स बैंकको उकालो यात्रा, बैंकको नाम र लोगो नमेटिनेगरी मर्जरमा जाने



काठमाडौं । देशमा कोरोनाको महामारीकोविच आर्थिक गतिविधीमा जुन शिथिलता आउने प्रक्षेपण गरिएको थियो सो अनुमान धेरै जसो क्षेत्रमा लागु भएको छैन ।

कोरोनाका विच देशको बैंकिङ क्षेत्र भने फष्टाएको छ । हाल देशमा रहेका २७ ओटा बैंक मध्ये २३ ओटा बैंकको ग्रोथ घट्यो । ४ ओटा बैंकको मात्रै ग्रोथ राम्रो देखिएको छ । कोरोना कहरका बावजुत पनि ४ ओटा बैंककले आफ्नो वित्तिय विवरणमा सुधार ल्याएका छन ।

सो मध्येको एक हो सिटिजन्स बैंक, जसले कोरोनाको विच पनि आफ्नो वित्तिय विवरण सुधार गरेको छ । बैंकले आगामी ३ वर्षमा टपटेन बैंक बन्ने लक्ष्य लिएको छ । बैंककले ३ वर्षे रणनिती तयार गरेको छ ।

बैंकले पुष मसान्तसम्ममा १२.३९ प्रतिसत ग्रोथ गरेको छ । गत आवको नाफाबाट ११ प्रतिसत बोनस वितरण गरेको छ । बैंकले आज पत्रकार सम्मेलन गरी ३ वर्षे रणनिती तयार गरेको छ ।

पछिल्लो समय क्षेत्रिय स्तारको विकास बैंक मर्जरमा एग्रेसिभ रुपमा लागेको सिटिजन्स बैंक आफ्नो ब्राण्ड नाम र लोगोनमेटिनेगरी मर्जरमा जाने बैंकका डेपुटी सीईओ बोधराज देवकोटाले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्