कालिका लघुवित्तको नाफा १० गुण बढ्यो, अन्य विवरण यस्तो छ « Arthapath.com
२१ माघ २०७७, बुधबार

कालिका लघुवित्तको नाफा १० गुण बढ्यो, अन्य विवरण यस्तो छ



काठमाडौं । कालिका लघुवित्तलले यसै आवको दोस्रो त्रैमासमा नाफामा व्यापक सुधार गरेको छ । कोरोनाको विच कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १० गुणा नाफा बढाउन सफल भएको छ ।

लघुवित्तले खराव कर्जा उल्लेख्य रिकभरी गरेपछि पुष मसान्तसम्ममा २ करोड ७५ लाख खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा २७ लाखमात्रै कमाएको कालिका लघुवित्तले यसवर्ष भने छलाङ मारेको छ ।

२५ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ८६ लाख रुपैयाँ बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा बढाएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९१.५८ गुणा रहेको छ । लघुवित्तको निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्