महिला सहयात्रा लघुवित्तको नाफा १२४ प्रतिसतले बढ्यो, ६ महिनामा कमायो २ करोड २८ लाख « Arthapath.com
२७ माघ २०७७, मंगलवार

महिला सहयात्रा लघुवित्तको नाफा १२४ प्रतिसतले बढ्यो, ६ महिनामा कमायो २ करोड २८ लाख



काठमाडौं । महिला सहयात्रा लघुवित्तले चालु आवको ६ महिनामा १२४ प्रतिसत नाफा बढाएको छ । कम्पनीले खुद नाफामा छलाङ मारेको हो । कम्पनीले यसै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २८ लाख खुद नाफा कमाएको छ ।

मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले गत आवको सोही अवधीको तुलनामा १२४ प्रतिशतले बढी गर्न सफल भएको छ । गत वर्ष कम्पनीले १ करोड २ लाखमात्रै कमाएको थियो । महिला सहयात्राले संचालन मुनाफा १ करोड ६४ लाख रहेको छ । कम्पनीले ६ महिनामा ६ करोड ७ लाख खुद व्याज आम्दानी गरेको छ ।

संस्थाले सपटी र अन्य गरी १ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ । गत वर्ष संस्थाले १ अर्ब २९ करोड कर्जा लगानी गरेको थियो । कम्पनीको रिर्जभमा ५ करोड ५० लाख पुगेको छ । १३ करोड ३१ लाख चुक्ता पुँजी रहेको कम्पनीको ईपीएस ३४.४० रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १२४.१४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्