माछापुच्छ्रे बैंकको सीईओ छाडेका शर्मालाई सनराइज बैंकले भित्र्यायो « Arthapath.com
२८ माघ २०७७, बुधबार

माछापुच्छ्रे बैंकको सीईओ छाडेका शर्मालाई सनराइज बैंकले भित्र्यायो



काठमाडौं । सनराइज बैंकको सीईओमा शुमन शर्मा नियुक्त भएका छन । बैंक संचालक समितिले मंगलबार जनक शर्मा पौडेलको राजिनामा स्वीकृत गरेको भोलीपल्टै सुमन शर्मालाई भित्र्याएको छ ।

शर्मा कुषल बैंकर हुन । पछिल्लो समय माछापुच्छ्र्रे बैंकको सीईओमा नियुक्त भएर विचैमा छाडेका शार्मा बुधबार आज बसेको सनराइज बैंकको संचालक समितिको बैठकले ४ वर्षको लागी सीईओमा नियुक्त गरेको हो ।

शर्माले माछापुच्छ्रे छाडेपछि लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीका लागि आवेदन दिएका शर्मा एनएमबि बैंकको सहायक महाप्रबन्धक, ग्लोवल आईएमई बैंकको डेपुटी सीईओ भएर काम गरिसकेका छन । बैंकिङ क्षेत्रमा करिब २२ वर्षको कार्य गरिसकेका छन ।

एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् । उनले अर्थशास्त्र र भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । उनी अनुभवी र कुशल बैंकर मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्