सनराइज बैंकसँग सम्झौता भाँडिएपछि सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, निक्षेप १ खर्ब पुग्ने « Arthapath.com
२८ माघ २०७७, बुधबार

सनराइज बैंकसँग सम्झौता भाँडिएपछि सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, निक्षेप १ खर्ब पुग्ने



काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यसअघि सनराइज बैंक र सिर्जना फाइनान्स मर्जर गर्ने सम्झौता भएको थियो तर सनराइज बैंकसँगको मर्जर सम्झौता भाँडिएपछि सिटिजन्स बैंकसँग मर्ज हुनेगरि सम्झौता भएको हो । सनराइज बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसंग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको बंैकले जनाएको छ ।

आज माघ २८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको छ । २०७७ साल माघ २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब ११ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८८ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २८ वटा शाखाहरु हुनेछन् । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन डिडिए द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्