अध्यक्ष अधिकारी प्रचण्ड–माधव समुहमा लागेको भन्दै लाभांसको निहुँले हटाइयो, अधिकारीले दिएको ओरिजिनल राजिनामा पत्रनै गायव « Arthapath.com
३० माघ २०७७, शुक्रबार

अध्यक्ष अधिकारी प्रचण्ड–माधव समुहमा लागेको भन्दै लाभांसको निहुँले हटाइयो, अधिकारीले दिएको ओरिजिनल राजिनामा पत्रनै गायव



कठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीलाई वर्तमान अर्थमन्त्री विष्णु पौडेलले हटाइदिएका छन । अधिकारीलाई हटाउन नेपाल बैंकले वितरण गरेको लाभांसको निहुँ बनाइए पनि खेल अर्कै रहेको रहस्य खुलेको छ ।

नेपाल बैंकले साधारणसभाबाट पारित गरेको लाभांस सेयरधनीको खातामा गैसकेपछि फिर्ता गर्नेसम्मको वाहाना बनाएर अध्यक्ष अधिकारीलाई राजिनामा दिन लगाइयो । अधिकारीले दिएको राजिनामाको मुल कपीनै अर्थमन्त्रालयमै गायव बनाइएको छ । मन्त्री पौडेलले फोटोकपीमा राजिनामा स्वीकृत गरेका छन ।

अधिकारीले दिएको राजिनामा १ महिना रोकेर मन्त्री पौडेलले गत बुधबारनै स्वीकृत गरिदिएका छन । अध्यक्ष अधिकारीले राजिनामा गरेपछि नेपाल बैंकले घोषणा गरेको सबै लाभांश लगानीकर्ताले पाउने भएका छन् । नेपाल बैंकले अर्थ मन्त्रालयको स्वीकृत नलिइ लाभांश घोषणा गरेको आरोप अधिकारीलाई लगाइएको छ ।

उता अधिकारीले भने आफुले स्वीकृती लिएको एजिएम समयमा मौखिक रुपमा दिइयो पछि लिखित आउँदा अर्कै आएको बताए । पछि अर्थमन्त्री र अधिकारी विच विवाद बढेको थियो । अधिकारीले गल्ती महशुस गरे राजिनामा नगर्ने मुडमा देखिएका मन्त्री पौडेलसंग अधिकारी नझुकेपछि अन्तत् हटाइदिएका छन ।

सरकारी लगानी ५१ प्रतिसत रहेको नेपाल बैंकले सरकारको आधिकारीक चिठ्ठीविनै लाभांस वितरण गरेको आरोप लगाएको छ । अर्थ मन्त्रालयले लाभांस रोक्ने चेतावनीसमेत दिएको थियो । नेपाल राष्ट्र बैंकले समेत स्वीकृत दिइसकेको १६ प्रतिसत लाभांसको निहूा झिकेर अध्यक्ष हटाउन मन्त्री र मन्त्री निकटका माफियाहरु सक्रिय भएका थिए ।

नेपाल बैंकको वार्षिक साधारणसभाले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेर खातामा गैसकेको नगद लाभांस फिर्ता माग्ने कामसमेत भएको थियो । अधिकारीको राजिनामा पछि सबै मिलेको अर्थ मन्त्रालयको बुझाइ छ ।

अर्थमन्त्री विष्णु पौडेल बनेपछि केही मन्त्रीका आसेपासेहरुले अध्यक्ष अधिकारीलाई प्रचण्ड माधव नेपाल समुहमा लागेको भन्दै हटाउने खेलमा लागे । धादिङमा जन्मेमा अधिकारी राष्ट्र बैंकमा छँदानै प्रधानमन्त्री ओलीलाई मान्ने व्यक्ति हुन । राष्ट्र बैंकमा हुँदा पार्टी पोल्टिक्समा सक्रिय भएको भनेर अधिकारीमाथी बेला बेलामा प्रश्न उठ्ने गरेको थियो । त्यसको बदला मन्त्रीले ३४ सय भत्ता आयने नेपाल बैंकको अध्यक्ष पद पनि खाइदिए ।


प्रतिक्रिया दिनुहोस्