फागुन पहिलो साता अर्धबार्षिक मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने! « Arthapath.com
३० माघ २०७७, शुक्रबार

फागुन पहिलो साता अर्धबार्षिक मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने!



काठमाडौं । फागुन पहिलो साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने योजना बनाएको हो ।

पछिल्लो समय बैंकहरुले सेयर कर्जामा लगानी बढाएपछि राष्ट्र बैंकले यसलाई कडाइ गर्ने बुझिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंकहरुले सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले कडाई गर्ने भएको हो ।

कोरोना कहरका कारण अन्य लगानी गर्ने क्षेत्र नभएपछि बैंकहरुले सेयर कर्जा बढाएका थिए तर फागुनमा हुने मौद्रिक नीतिको समिक्षामा कडाइ गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा करिव ५० प्रतिशत बृद्धि भएको छ ।

बैंकहरुले सेयर कर्जा बढाएपछि सेयर बजारमा उछाल आएको छ । सेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । तर, उकालो लागिरहेको सेयर बजारमा कस्तो असर पर्छ भनेर सेयर बजारका नियामकसँग समन्वय गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्