कोरोना प्रभावितको कर्जा पुनर्ताजिकिकरणको म्याद ६ महिना थपेर ५ प्रतिसत व्याजमा झारियो, पर्यटन व्यवसायीलाई होला त राहात ? « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

कोरोना प्रभावितको कर्जा पुनर्ताजिकिकरणको म्याद ६ महिना थपेर ५ प्रतिसत व्याजमा झारियो, पर्यटन व्यवसायीलाई होला त राहात ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नितीको अर्धवार्षिक समिक्षामार्फत कोरोना प्रभावितले माग गरेबमोजिम २०७८ असार मसान्तसम्म कर्जा पुर्नताजिकिकरण गर्न पाइने भएको छ ।

मौद्रिक नितीको अर्धवार्षिक समिक्षामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावितको माग बमोजिम कर्जाको पुर्नताजिकिकरणको म्याद ६ महिना थप भएको बताएका छन । व्यावसायको ऋण नतिरी बसेका व्यवसायीलाई थप सहुलियत दिइएको गभर्नर अधिकारीले बताए ।

आइतबार आर्थिक वर्ष २०७६÷७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने छ । यसअघि राष्ट्र बैंकले ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था थियो ।

पर्यटन व्यावसायीहरुले अझै आफ्नो व्यावसाय नतंग्रिएको अवस्थामा यसले पर्यटन क्षेत्रलाई उठाउन थप राहात मिल्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्