लक्ष्मी बैंकको स्मार्टफोन लोन सेवा, बैंकको मोबाईल मनी एप बाटै २ लाख सम्म कर्जा पाइने « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

लक्ष्मी बैंकको स्मार्टफोन लोन सेवा, बैंकको मोबाईल मनी एप बाटै २ लाख सम्म कर्जा पाइने



काठमाडौं । लक्ष्मी बैंकले एफ्वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ ।

स्मार्ट फोन लोन एक कर्जारुपीसेवा (Lending-as-a-Service (LaaS)) हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम रु. २००,००० (रु. २ लाख) सम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्ने बैंकले जनाएको छ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको बैंकले जनाएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो । यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज(पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व(स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्