माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा धनगढिको त्रिनगर कृषि जारमा « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा धनगढिको त्रिनगर कृषि जारमा



काठमाडौं । डिजिटल बैंकिङ्गकारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छे बैंक लि. ले सुदुरपश्चिमप्रदेश श्री त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथाफलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाण्डौ बाहिर रहेको कृषिबजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै माछापुच्छे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापाले माछापुच्छे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवाप्रदानगर्न हरदमतत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्