डिजिटल बैंकिङ्ग प्रवर्द्धनमा फड्को मार्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, भैरहवाबाट सुरु गर्यो क्युआर कोड सेवा « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

डिजिटल बैंकिङ्ग प्रवर्द्धनमा फड्को मार्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, भैरहवाबाट सुरु गर्यो क्युआर कोड सेवा



काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङमा फड्को मारेको छ । बैंकले आज बिहीबार बुटवलको भैरहवामाबाट क्यूआर कोडमार्फत नगद भुक्तानी सुरु गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले लुम्बिनी प्रदेशको प्रमुख शहर सिद्धार्थनगर भैरहवामा एक कार्यक्रमका विच ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गरे ।

उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए । ई–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको जानकारी गराए ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसनमा अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्