सनराइज बैंकका ग्राहकलाई मनकामना केबलकारको टिकटमा ‘क्यास ब्याक’ अफर « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

सनराइज बैंकका ग्राहकलाई मनकामना केबलकारको टिकटमा ‘क्यास ब्याक’ अफर



काठमाण्डौं ।
बैंकिङ क्षेत्रमा एकपछि अर्को सेवा तथा सुविधाहरु थपिरहेको सनराइज बैंकले आफ्ना ग्राहकहरुका लागि मनकामना केबलकारको टिकट खरिदमा क्यास ब्याक अफर ल्याएको छ ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बंैकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा रु. १०० क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहने बैंकले जनाएको छ ।

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्