सनराइज बैंकको ७१ औं शाखारहित बैंकिङ्ग सेवा पुतलीबजारमा « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

सनराइज बैंकको ७१ औं शाखारहित बैंकिङ्ग सेवा पुतलीबजारमा



काठमाडौं । । सनराइज बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ । बैंकले पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललार्ई नियुक्त गरेको छ ।

फागुन १५ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेको उपस्थिती रहेको थियो । साथै भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सनराइज बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल, वालिङ्ग शाखाका शाखा प्रवन्धक ध्रुब प्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्