नबिल बैंकको नविल जेन एन बचत खातामा १ वर्ष नपुग्दै १ लाख बढी सहभागी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नबिल बैंकको नविल जेन एन बचत खातामा १ वर्ष नपुग्दै १ लाख बढी सहभागी



काठमाडौं । सम्पूर्ण देशनै कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले “Nabil Gen- N Account” ल्याएको थियो ।

“Nabil Gen- N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ । यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।

यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen- N Account” खोलि यस खाताको लाभ लिई ढुक्क हुन सक्नेछन् । सो बचत खाता संचालनमा आएको १ वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहक सहभागी भएका छन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्