राष्ट्र बैंकले आजदेखी १० अर्वको ट्रेजरी विल जारी गर्ने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्र बैंकले आजदेखी १० अर्वको ट्रेजरी विल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखी १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सो ट्रेजरीमा आठ अर्ब बराबरको भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि अवधी तोकिएको छ ।

सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्