कामना सेवा विकास बैंकको खुद नाफा १७२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति पुग्यो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कामना सेवा विकास बैंकको खुद नाफा १७२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति पुग्यो ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा १ सय ७२ प्रतिशतले बढेको छ । बैंककोे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा १ सय ७२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।अहिले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत सालको तुलनामा १ सय ७२ प्रतिशतले बढी हो ।

बैंकको खुद नाफा उकालो लागेसंगै बैंकको प्रतिशेयर आम्दानी पनि उकालो लागेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ । त्यस्तैगरी बैंकको वितरण योग्य मुनाफा ५८ लाख ४२ हजार रुपैयाँबाट बढेर ३८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको तुलनामा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत बढेको छ । त्यस्तैगरी जगेडा कोष ७७.१६ प्रतिशत बढेको छ भने निक्षेप २३.०१ प्रतिशत र कर्जा ४१ प्रतिशत बढेको बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्