एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मांगभन्दा धेरै आवेदन « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मांगभन्दा धेरै आवेदन



काठमाडौं । एनएमबि बैंकले खुल्ला गरेको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा बढी आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै मागभन्दा बढी आवेदन परेकाले म्याद सकिएको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद बैंकले सबैलाई धन्यवाद दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्