सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त

काठमाडाैं । सिटिजन्स बैंककाे संचालकमा बैंकर अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकर सुदेश खालिङले बैंक संचालकबाट राजिनामा दिएपछि बैंकलेे ज्ञवालीलाई भित्र्याएकाे हाे ।
नेपाल र विदेशमासमेत गरी साँढे ३ दशक बैंकिङ गरेका ज्ञवाली गत मंसिरमा २ वर्ष विताएर पुर्वाधार विकास बैंकको सीईओकाे कार्यकाल सकेर बाहिरिएका थिए ।
सरकारले ज्ञवालीलाई २ वर्षको लागी नियुक्त गरेको थियाे । पुर्वाधार विकास बैंककाे पहिलाे सीईअाे रहेका ज्ञवालीले स्टाटिङ फेजमा राम्राे गरेका थिए । उनि नविल बैंक ग्लोवल आईएमई बैंकमा सिईओ भैसकेका व्यक्ति हुन ।

ज्ञावालीलाई बैंक संचालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले मंगलबार स्वागत गरे ।