कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिको लागी आजदेखि ७ गतेसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द

काठमाडौं । नबिल बैंकको आज (अषाढ ४ गते शुक्रबार) देखि अषाढ ७ गते सोमबारसम्म सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द हुने बैंकले जनाएको छ ।
बैंकले सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहेन जनाएको हो ।