एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजद अनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने छ । बैंकको मुद्दति निक्षेपको व्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।
